मृत आत्माशान्तिको कामना गर्दै विमान दुर्घटनास्थलमा बौद्ध पूजा

पाेखरा | माघ ८, २०७९

मृत आत्माशान्तिको कामना गर्दै विमान दुर्घटनास्थलमा बौद्ध पूजा

कास्की:   गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृत आत्मा शान्तिको कामनासहित दिप प्रज्वलन तथा पूजा पाठ गरेको छ । 

 

गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर लामा गुरुङको नेतृत्वमा आज (आइतबार) उक्त पूजा आरधनासहित दिप प्रज्वलन गरिएको हो ।

 

समाजका अध्यक्ष तथा धर्मगुरु लामाले  दुर्घटना भएकै समय पारेर पूजा पाठ गर्दा दिवंगत आत्मालाई शान्ति मिल्ने धारणा राखे । ‘आज विमान दुर्घटना भएको एक हप्ता भएको छ’, धर्मगुरु लामाले भने, ‘माघ १ गते १० देखि ११ बजेको समयमा भएको थियो । आज हामी सोही समय पारेर मोन्लम (प्रणिधान) पाठ बाचन गरेका छौं ।’

 

उनले एकपटक दुर्घटना भएको स्थानमा दोहोरिन सक्ने बताउदै भने, ‘धेरै विधी, ज्योतिष विज्ञान र तन्त्रले के भन्छ भने, अकल्पनीय दुर्घटना भएको ठाउँमा स्वस्तीशान्ती पूजा गरिएन भने फेरिपनि दुर्घटना दोहोरिन सक्छ भन्ने विश्वास छ, त्यसैले एकपटक दुर्घटना भएको ठाउँमा फेरि पनि हुन सक्छ भन्ने उद्देश्यसहित यो पूजा गरेका हौ ।’
 

धर्मगुरु लामाले उक्त दुर्घटनापछि आसपासका बासिन्दामा डर र त्रास सिर्जन भएको बताउदै स्वस्तीशान्ति पूजा आवश्यक रहेको धारणा राखे । ‘दुर्घटना पछि यहाँ आसपासमा रहनुहुने बासिन्दामा एक खालको डर र त्रास सिर्जना भएको छ, यस पूजापछि मनमा शान्ति मिल्ने हामीले विश्वास लिएका छौं ।’

 

उनले अनुकुल तिथी पारेर गरेको पूजा प्रभावकारी हुने बताउदै आजकै दिनमा पूजा तथा दिप प्रज्वलन गरेको जानकारी दिए । ‘आज पहिलो पुण्य तिथी हो, त्यसैले ग्रन्थमा उल्लेख भएअनुसार अकल्पनीय घटनामा ज्यान गुमाउनेहरुको आत्मा भड्किन सक्ने भएकाले हामीले मृतआत्माको नाममा दिप प्रज्वलन र पूजा गरेका हौं ।’ उनले भने ।

 

उक्त दिप प्रज्वलन तथा पूजामा दर्जनौं बौद्ध लामागुरुहरु, मृतकका आफन्तजनहरु र सयौंको सँख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो ।  बौद्ध धर्म अनुसार अकल्पनीय दुर्घटना हुने ठाउँमा मृतआत्माको शान्तीको कामनासहित (सियुँ मास्ने) पूजाआजा तथा दिप प्रज्वलन गर्ने प्रचलन रहेको छ । 

 

गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलान्इसको विमान पोखराको सेती खोँचमा दुर्घटना हुँदा चालकदलका ४ जना र ६८ यात्रुको ज्यान गएको थियो ।
 


 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्